सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

तमोर नदी थुनिँदा मितलुङ बजार जोखीममा

शनीबार राति ताप्लेजुङ्गमा गएको पहिरोले थुनिएको तमोर नदीले धार परिवर्तन गरेर बग्न थालेपछी नदी किनारका तीन ओटा बजार जोखीममा परेका छन् । ताप्लेजुङको सावादिन गाविसमा गएको पहिरोले थुनिएको नदीले आफ्नो धार परिवर्तन गरेर बग्न थालेको छ ।

थुनिएको तमोर नदी फरक धारबाट बग्न थालेपछी नदी किनारका दोभान, हान्द्रुङ र मितलुङ बजार जोखीममा परेका हुन । नदी थुनिएर फुरुम्बु गाविसको मितलुङ बजार नजिकै भएर बग्न थालेको छ । थुनिएको भाग पुरै खुलिनसकेको हुँदा बजारहरु जोखीममै रहेको स्थानीयले बताएका छन् ।

पहीरोले जिवन लाबुङ र दिलबहादुर लाबुङको घर डुवानमा परेको छ भने जिवन लाबुङको एक हल गोरु बगाएकोे छ । अन्य क्षति के कति भएको छ भन्ने बारेमा पुरै विवरण आउन बाँकी रहेको सिवा प्रहरी चौकीले बताएको छ । पहीरोको जोखीममा रहेको मितलुङमा २१ घर रहेका छन् भने हान्द्रुङमा ३० भन्दा बढी र दोभानमा ७० भन्दा बढी घरहरु छन् ।

Tamor Nadi FIle Photo

सावादिन गाविसको नाक्ला भिरबाट राति करीव दुई बजेतिर पहिरो तमोर नदीमा झरेको थियो । केहि समय थुनिएको नदीले आफ्नो धार परिवर्तन गरी बग्न सुरु गरेको छ । थुनिएको भाग पूर्ण रुपमा नखुलेकाले मितलुङ बजार सहित, नदी किनारमा रहेका दोभान र हान्द्रुङ बजार जोखिममा रहेको प्रहरीले बताएको छ ।

ठुलो पहिरो नझरेपनि हल्का पहिरो झर्ने क्रम नरोकीएको स्थानीयले बताएका छन् । पहिरोले मितलुङ बजार भन्दा मुनि नदीको भाग पुरै थुनेर पानी बस्तीमा पस्न थालेको छ । नदी थुनिएर बनेको पोखरीको भागबाट पानी निकास हुन थालेकाले सम्भावित जोखीम भने केही न्युन भएको छ ।

दोभान र हान्दु्रङका स्थानीयलाई प्रहरीले सचेत भएर बस्न आग्रह गरेको छ । नदी थुनिएको भाग मितलुुङ बजारका स्थानीय बासीन्दा बजार छाडेर माथिल्लो भागमा सुरक्षित स्थानतर्फ सरेका छन् । पहीरो गएको ठाउँमा सिवा प्रहरी चौकीको टोली पुगेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्