सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सरकार गिराउने विदेशीलाई जेल हाल

विप्लव नेतृत्वको नेकपा माओवादीले सरकार गिराउन लागेका स्वदेशी तथा विदेशी तत्वलाई जेल हाल्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी यदि विदेशी तत्व सरकार गिराउने खेलमा लागेको प्रमाण भए तिनीहरूलाई पक्राउ गरी जेल हाल्न विप्लव माओवादीले आग्रह गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता खडग विश्वकर्माले भन्नुभयो–‘प्रधानमन्त्रीले मेरो सरकार गिराउन विदेशी चलखेल भयो, षड्यन्त्र भयो भन्ने होइन, समातेर जेल हाल्नु पर्छ । देशद्रोहको अभियोग लगाउनु पर्छ । राष्ट्रघाती र देशद्रोहीलाई देश निकाला गर्नुपर्छ ।’

प्रधानमन्त्री वलीले बिहीबार रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषदले आयोजना गरेको राष्ट्रिय सुरक्षा सम्बन्धी गोष्ठीमा सरकार परिवर्तनको यो खेल स्वचालीत नभई व्याट्रीबाट सञ्चालीत भएको बताउनु भएको थियो । सोही प्रसंगमा विप्लव माओवादीले यस्तो प्रतिक्रिया दिएको हो ।

Biplab moiest press note

कांग्रेस र माओवादी केन्द्रले विदेशीको ईशारामा सरकार गिराउन खोजेको अभिव्यक्ति सार्वजनिक भईरहेका बेला विप्लव माओवादीले अहिलेको गठबन्धन अप्राकृतिक जस्तो देखिए पनि प्राकृतिक नै भएको तर्क गरेको छ । प्रवक्ता विश्वकर्माले भन्नुभयो, ‘केपी ओलीको राष्ट्रवाद नक्कली हो, कांग्रेस र माओवादीले त्यो बुझेपछी हटाउन खोजेका हुन् ।’

‘सरकार परिवर्तन भनेको कालो विरालो वा सेतो विरालो भने जस्तै हो । बिरालोको काम भनेको मुसा मार्ने हो’, प्रवक्ता विश्वकर्माले भन्नुभयो, ‘ओली गएर प्रचण्ड आउँदा पनि सारमा केही हुने वाला छैन ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्