सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

तल्लो अरुण भारतलाई दिने रहश्य सार्वजनिक

arun-river-tallo

नेपालका आकर्षक र ठुला जलविद्युत अयोजना वर्षौँसम्म ओगट्दै आएको भारतलाई पुनः अर्को त्यस्तै आकर्षक र रणनीतिक महत्व भएको आयोजना सुम्पने तयारी भएको रहश्य खुल्न आएको छ ।

कुनै विवादित र गोप्य सन्धि सम्झौता नगर्ने भनी सार्वजनिक प्रतिवद्धता व्यक्त गर्दै आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले नै तल्लो अरुण भारतलाई दिन सम्बद्ध निकायलाई निर्देशन दिएको बुझिएको छ ।

सरकारले बास्केटमा राखी आफै अध्ययन गरिरहेको संखुवासभामा पर्ने तल्लो अरुण (४०० मेगावाट) जलविद्युत आयोजना भारतलाई दिन प्रधानमन्त्रीबाट निर्देशन आएपछि परराष्ट्रले उर्जा मन्त्रालयसँग उक्त आयोजनाको विस्तृत विवरण माग गरेको छ ।

परराष्ट्र सचिव शंकर बैरागीले ऊर्जाका पदाधिकारीहरुसँग ‘प्रधानमन्त्रीज्यूले जसरी भए पनि दिनै प¥यो भन्नुभएको छ’ भन्दै तल्लो अरुणको विवरण माग गर्न ऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई मौखिक आग्रह गर्नुभएको थियो ।

मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्र मार्पmत ‘एउटा आयोजना चाहियो भनेपछि’ ऊर्जाले तामाकोसी पाँचौं (८७ मेगावाट) को विवरण दिने तयारी गरेको थियो ।

विद्युत् प्राधिकरणले विस्तृत अध्ययन गरिसकेको तामाकोसी पाँचौंको क्षमता वृद्धि गर्दा एक सय ५० मेगावाटसम्म हुने र थप अध्ययन गरिरहनु नपर्ने भन्दै उक्त आयोजनाको विवरण दिने तयारी गरेको थियो । ‘उता (परराष्ट्र) बाट आयोजना नै तोकेर आयो,’ मन्त्रालय स्रोतले भन्यो, ‘हामीले त्यसको विवरण र हालको अवस्था लेखेर पठायौँ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्