सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

लोकमानसँग कुरा भो, एमालेको षड्यन्त्र रहेछ

pushpakamal-dahalप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लडाकू शिविरबारे अख्तियारले अकस्मात छानबिन अगाडी बढाउनुलाई ‘एमाले खेल्न खोजेको’ भनेर पार्टी बैठकमा ब्रिफिङ्ग गर्नुभएको छ । दाहालले ‘सत्ताबाट बाहिरिएपछि छटपटिएको एमालेले खेल्न खोजेको रहेछ’ भनेर ब्रिफिङ्ग गरेको बैठकमा सहभागी एक नेताले बताएका छन ।

शिविरको भ्रष्टाचार छानबिनबारे ब्रिफिङ्ग गर्न बसेको पार्टी बैठकमा सहभागी ती नेताले भने–‘अध्यक्ष कमरेडले लडाकु शिविरको अनियमितता छानबिनको कुरा के हो भनेर अख्तियार प्रमुखसँग कुराकानी गरेको जानकारी गराउनु भयो । साथै ‘आफु बाहिर भएको बेला एमालेले उचालेको रहेछ’ भनेर ब्रिफीङ्ग गर्नुभयो ।’

प्रधानमन्त्री भारत भ्रमणमा रहेका बेला सर्वोच्चले लोकमानको फाइल खोलेको थियो भने त्यही साँझ अख्तियारले पत्रकार सम्मेलन गरेर लडाकू शिविरमा भएको भनिएको अनियमितताबारे छानविन थालेको र जिम्मेवार नेताहरुलाई बोलाईएको बताएको थियो ।

यसले माओवादी केन्द्रमा खैलाबैला नै मच्चिएको छ । असोज २ गते स्वेदश फर्किनुभएका प्रधानमन्त्री दाहालले मंगलबारको पार्टी बैठकमा लोकमानसँग कुराकानी भएको जानकारी गराउनुभएको हो । तत्कालीन माओवादी लडाकूको शिविरमा भ्रष्टाचार भएको भन्दै बिभिन्न संघ संगठनले अख्तियारमा उजुरी दिएका थिए ।

यो पनि पढ्नुहोस् ।
लडाकु शिविरको भ्रष्टाचारमा अख्तियार आक्रामक

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS