सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मोवाईल प्रयोगकर्ता कुल जनसंख्या भन्दा धेरै

mobile-user

दूरसञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिएको मोबाइल सेवामा नेपाली जनताको पहुँच गुणात्मक रुपमा बढ्दै गएको छ । दूरसञ्चार क्षेत्रको नियमन निकाय नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा हरेक दिन मोबाइल सेवामा दस हजार नयाँ ग्राहक थपिने गरेका छन् ।

प्राधिकरणले जेठ महिनासम्म सार्वजनिक गरेको दूरसञ्चार सम्बन्धी प्रतिवेदन अनुसार पछिल्लो पाँच महिनामा हरेक दिन औसत सो संख्या बराबर मोबाइल सेवाको पहुँच थपिँदै गएको पाइएको हो । तथ्याङ्क अनुसार गत माघदेखि जेठ महिनासम्म हरेक महिना औसत तीन लाखभन्दा बढी ग्राहक थपिँदै गएका छन् ।

अहिले मोबाइल सेवाको पहुँच नेपालको कुल जनसंख्याभन्दा निकै बढी पुगेको छ । प्रतिवेदन अनुसार दुई करोड ९४ लाख १९ हजारमा मोबाइल सेवाको पहुँच पुगेको छ । त्यसमध्ये सीडीएमए मोबाइल प्रयोगकर्ताको संख्या १४ लाख नाघेकोे छ । बाँकी सबै ग्लोबल सिस्टम फर मोबाइल (जीएसमए)को रहेको छ ।

हाल नेपालमा तीनवटा दूरसञ्चार सेवा प्रदायकले मोबाइल सेवा उपलब्ध गराइरहेका छन् । नेपाल टेलिकमले जीएसएम र सीडीएमए दुवै तथा एनसेल र स्मार्ट टेलिकमले जीएसएममा आधारित मोबाइल सेवा प्रदान गर्दै आएका छन् ।

पछिल्लो तथ्याङ्क अनुसार सीडीएमए र जीएसमए गरी टेलिकमका एक करोड ४८ लाख, एनसेलका एक करोड ४० लाख र स्मार्ट टेलिकमका करिब १४ लाख मोबाइल प्रयोगकर्ता छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्