बाईक किनौँ, नगद पाऔँ, जापान घुमौँ
अरु समय भन्दा दसैँको बेला मोटरसाइकल किन्नेहरु सामान्यतया धेरै हुन्छन् । मोटरसाइकल बिक्रेताहरुका अनुसार अन्य महिनाको तुलनामा चाडवाडका बेला बढी मोटरसाइकल विक्री हुने गरेका छन ।
त्यसो त बिक्रेताहरुले पनि चाडबाडलाई लक्षित गर्दै भारतबाट नयाँ मोडेलका मोटरसाइकलहरु झिकाउने गरेका छन् । त्यसो त बिक्रेता कम्पनीहरुले ग्राहक तान्न बिभिन्न अफरहरु पनि ल्याउने गरेका छन् । यसपाली बाईक खरिदमा अफरहरु यस्ता छन्;
हिरो
‘जाउँ हिरो किन्न, सुनचाँदी पैसा पाउँ’ अफर हिरोले ल्याएको छ । मोटरसाइकल र स्कुटरको खरिदमा नेपाल जनरल मार्केटिङ प्रालिले छुटको अफर ल्याएको हो । मोटरसाइकल किन्दा ६ हजार छुट र स्कुटर किन्दा ८ हजार छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । साथै स्क्रयाचमा १ वा २ ग्राम सुन तथा २० देखि ५० ग्राम चाँदी पनि जित्न सकिने कम्पनीको भनाई छ । बम्परमा हरेक हप्ता १ लाख एक जनाले पाउने बताइएको छ ।
बजाज
बजाजका मोटरसाइकलले आफ्ना कम्पनीको मोटरसाइकल खरिदमा स्क्रयाच कुपन दिने गरेको छ । जसमा ६ हजारदेखि १ लाखसम्म पाइने बजाज मोटरसाइकल टेकु शोरुम सेल्स शाखाले बताएको छ ।
यामाहा
यसपालिको दसैँमा यामाहाले हरेक मोटरसाइकल र स्कुटरको खरिदमा ८ हजार छुटको व्यवस्था गरेको छ । हरेक हप्ता एक जनालाई जापान भ्रमण लैजाने कम्पनीले बताएको छ । जापानको टोकियोमा यामाहाको टेक्नोलोजी अवलोकन गर्ने अवसर जुटाइने सो कम्पनीले जनाएको छ ।
होन्डा
स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले आफ्नो नयाँ दसैँ तथा तिहार स्किम होन्डा ह्विल फर्चुन अफर बजारमा ल्याएको छ । यस स्किम अन्तर्गत होण्डाका ग्राहकहरुले विभिन्न नगद तथा उपहार जित्ने अवसर पाउने छन् ।
होण्डा मोटरसाइकल किन्दा स्क्रयाच कुपन मार्फत १ लाख सम्मको उपहार, नगद छुट, ५ वर्षको लागि स्पेयर पार्टसमा १०५ रुपैयाँ छुट तथा ५ हजार ६ सय बराबरको १६ पटकसम्म थप फ्रि सर्भिस कुपन पाउन सकिनेछ । होण्डा बिग बाइक किन्दा आकर्षक नगद छुट रहेको छ ।
सुजुकी
बजारमा अहिले सुजुकीका मोटरसाइकलले राम्रो स्थान पाउन थालेका छन । यसपालिको दसैँमा सुजुकीको बाइक किन्दा स्क्रयाच कुपनमार्फत ७ हजारदेखि १ लाखसम्म नगद पुरस्कार पाउन सकिनेछ । यसका साथै हरेक महिना एक जनालाई लक्की ड्र मार्फत जिक्सर एसअफ मोटोजिपी मोटरसाइकल उपलब्ध गराइने छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्