सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा स्याङ्गजाका दिपकको अकस्मात मृत्यु

 

deepak-kc-death-in-tokyo

रोजगारीको सिलसिलामा स्याङ्गजाबाट जापान आएका दिपक केसिको शुक्रबार अकस्मात निधन भएको छ । मृतक दिपक १० महिना पहिला कुक भिसामा जापान आएका थिए । स्याङ्गजा अर्जुनचौपारी–९, केवरे घर भएका केसी टोकियोको सेतागाया गोताकुजि भन्ने ठाउँमा बस्दै आएका थिए ।

मृतक केसी शुक्रबार राती सामान्य अवस्थामा सुतेका थिए । शनिबार विहान ४ बजेतिर पिसाब फेरेर सुतेका केसी अबेरसम्म नउठेपछि हस्पिटल भर्ना गरिएको थियो । मुटुमा आएको समस्याले रक्तसन्चार प्रकृया रोकिएर केसीको मृत्यु भएको टोकियो मेडिकल सेन्टरका चिकित्सक किमुराले बताएका छन ।

केसीलाई अस्पतालले जापानी समय अनुसार विहान १२ः५८ बजे मृत घोषणा गरेको थियो । मृतक केसी टोकियोको गोतोकुजी स्थित नेपालीले नै चलाएको रेष्टुरेन्ट केसी रेस्टुरेण्टमा काम गर्दै आएका थिए । केसी यो दशैंमा घर जाने र विहे गर्ने योजनामा थिए ।

death-body-of-deepak-kc-in-tokyo

हस्पिटलमा एनआरएनए जापानका उपाध्यक्ष देविलाल भण्डारी, स्याङ्ग्जा समाजका उपाध्यक्ष सागरमणी भण्डारी, मुक्ती सुवेदि, सुरेश रेग्मी, सुकबहादुर केसि, गुप्तबहादुर खत्री, रविन केसी लगायतको उपस्थिति थियो ।

उनको पारिवारिक अवस्था अत्यन्तै कमजोर रहेको र जापान आएको ऋण समेत नतिरेकोले सहयोगको लागि जापानबासी नेपालीहरुलाई आग्रह गरिएको छ । सहयोगको लागि स्याङ्गजा समाज जापानको जेपी बैंकको खाता नं. 10 1 1 0-62286891 セン ザ サマーズ ジャパン (080-3367-2547) मा रकम जम्मा गर्न सकिने स्याङ्गजा समाज जापानका उपाध्यक्ष सागरमणी भण्डारीले बताउनुभएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्