केरुङबाट आएका कन्टेनर रोकिए रसुवागढीमा
दशैंका लागि चीनको केरुङबाट सामान बोकेर आएका तीन सयभन्दा बढी कन्टेनर रसुवागढी नाकामा थन्किएका छन् । स्थानीयका अनुसार कन्टेनर साँघुरो सडकमै राख्दा जोखिम बढ्नुका साथै आवतजावतमा पनि समस्या भएको छ ।
सिन्धुपाल्चोकको तातोपानी नाका विनाशकारी भूकम्पका कारण बन्द भएपछि उत्तरतिर रसुवागढी नाकामात्र सञ्चालनमा छ । स्याफ्रुबेसी रसुवागढी नाकामात्र सञ्चालनमा छ । स्याफ्रुबेसी–रसुवागढी सडकको बीचमा पर्ने टिमुरेमा १५ दिनदेखि तीन सय कन्टेनर थन्किएका छन् ।
भन्सारमा कर्मचारीको अभावका कारण सामान चेकजाँच गर्न ढिला हुँदा ति कन्टेनर रोकिएका हुन । पर्याप्त कर्मचारी नहुँदा हाल दैनिक २०÷२५ वटा कन्टेनरको सामान मात्र जाँच हुने गरेको छ । समयमा भन्सार जाँच हुन नसक्दा सयौं गाडी लामो समय पालो कुरेर बसिरेहका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्