सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सन् १९५० को सन्धी पुनरावलोकन गर्न भारत सहमत

nepal-india-prabuddha-samuha-meeting-in-india

भारत सन १९५० मा दुई देशबिच भएको शान्ति तथा मैत्री सन्धी पुनरावलोकन गर्न सहमत भएको छ । नयाँ दिल्लीमा भएको नेपाल–भारत प्रवुद्ध समूहको दोस्रो बैठकमा भारतले सो सन्धि पुनरावलोकनका लागी सैद्धान्तिक सहमति जनाएको हो ।

प्रवुद्ध समुहको बैठकमा सन्धि पुनरावलोकनका लागि नेपाली पक्षले आफ्ना बुँदाहरु प्रस्तावमा राखेको छ । नेपाली पक्षले राखेको बुँदाहरुमा प्रारम्भीक छलफल भएको छ । बुधबार सकिएको प्रवुद्ध समुहको दुई दिने बैठकमा सन्धि पुनरावलोकनको सहमति भएको नेपाली टोलीले जानकारी दिएको छ ।

प्रवुद्ध समुहको बैठकमा सहभागी सदस्यले सन्धिका अतिपय विषय अपग्रेड गर्ने सहमति भएको र यो उपलब्धि भएको बताएका छन । नेपालले लामो समयदेखि भारतसँग यो सन्धि पुनरावलोकनको माग गर्दै आएको थियो ।

भारतीय पक्षले उक्त सन्धिमा नेपालले कस्तो संशोधन चाहेको हो, त्यो प्रस्ताव ल्याउन भनिरहेको थियो । शान्ति तथा मैत्री सन्धि बाहेक नेपालले अन्य आर्थिक र वाणिज्य तथा पारवहनको विषयमा समेत छलफल गरेको छ । नेपालले भारतीय वाणिज्य व्यापारमा भारतीय एकाधिकारको अन्त्य गर्न चाहेको छ ।

सन १९५० को सन्धीको पुनरावलोकनको कुरा गर्दा हतियार तथा अन्य सैन्य सामग्री किन्दा नेपालले भारतको सहमति लिनुपर्ने, प्राकृतिक स्रोत साधनमा भारतलाई प्राथमिकता दिने तथा गोर्खा भर्तीको विषय सम्बन्धी प्रावधान नेपालले संशोधन गर्न चाहेको छ ।

नेपालले सन्धीको आधारभुत प्रावधानमा संशोधन गर्न चाहेको छ । भारतमा भने सन् १९५० को सन्धीलाई संशोधन गर्ने विषयमा एकमत छैन । विशेषत; सैन्य सामग्रीको विषयमा खुला सिमाना भएकाले भारतलाई यो विषय थाहा हुनुपर्ने मत रहेको छ । प्रबुद्ध समुहको अर्को बैठक डिसेन्बर तेस्रो साता काठमाण्डौमा बस्नेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्