एक महिना भित्र काबेली ‘ए’ को निर्माण सुरु
मेची अञ्चलकै ठूलो जलविद्युत आयोजनाका रुपमा रहेको ३७.६ मेगावाट क्षमताको काबेली ए अबको एक महिना भित्र निर्माण सुरु हुने भएको छ । चिनियाँ कम्पनीले निर्माणको जिम्मा पाएको काबेली ए जलविद्युत आयोजना निर्माणको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ ।
आयोजना प्रवद्र्धक प्रदीपकुमार श्रेष्ठका अनुसार आयोजना निर्माणका लागि आवश्यक लगानीको प्रबन्ध भईसकेको छ । ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्रमा बग्ने काबेली नदीबाट विद्युत उत्पादन गर्ने तयारी गरिरहेको यो आयोजना तीन वर्षभित्र निर्माण गरिसक्ने लक्ष रहेको छ ।
यसअघि काबेली हाइड्रोपावर इनर्जी प्रालिले निर्माण सुरु गरेको थियो । तर उक्त कम्पनीले समझौता विपरीत काम गरेको भन्दै स्थानीयले विरोध जनाएपछि निर्माण हुन सकेको थिएन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्