सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपालका जंगलमा ५ करोड ५० लाख टन कार्बन

nepali-jungle

नेपालका बनजंगलमा पाँच करोड ५० लाख टन कार्बन सञ्चित रहेको तथ्यांक सार्वजनिक भएको छ । विश्व बजारमा नेपालको कार्बन बिक्रीको चर्चा चलिरहेका बेला नेपाल सरकारले पहिलोपटक नेपालमा कार्बनको अवस्थाबारे अध्ययन गरेको हो ।

फिनल्याण्ड सरकारको आर्थिक सहयोगमा गरिएको अध्ययन अनुसार नेपालमा औसत १७९.९५ टन कार्वन प्रतिहेक्टर छ । उच्च हिमाली र पहाडी भेगमा सबैभन्दा धेरै कार्बन सञ्चित रहेको सर्वेक्षणले देखाएको छ ।

बन स्रोत सर्वेक्षण परियोजना राष्ट्रिय कार्यक्रम संयोजक यामप्रसाद पोखरेलका अनुसार कार्बन सञ्चितिको अवस्था थाहा पाएका कारण त्यसलाई अवसरका रुपमा सदुपयोग गर्न सम्भाबना खुलेको छ ।

अन्तर्राष्ट्रिय बजारमा समेत अब कार्बन बिक्रीका लागि छलफल प्रक्रिया अघि बढाउने आधार नेपालसँग तयार भएको छ । बनको समग्र अवस्था र कार्वन सञ्चितिको आकर्षक तथ्य सार्वजनिक गर्दै नेपालको बन क्षेत्रको पहिलो विस्तृत सर्वेक्षण बन स्रोत सर्वेक्षण सकिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्