दसैंको बेला चितवनमा खुकुरीले हानेर बावुको हत्या
भरतपुर उप–महानगरपालिका–१९ गणेशगन्जमा शनिबार साँझ एक व्यक्तिले आफ्नै बाबुको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ६१ वर्षीय वसन्तप्रसाद सापकोटालाई उनकै कान्छा छोरा विनोद सापकोटाले हत्या गरेका हुन् ।
हत्या गरिएका वसन्तका कान्छा छोरा २५ वर्षीय विनोद सापकोटाले खुकुरी प्रहार गरी बाबुको हत्या गरेका हुन् । साँझ ७ः४५ बजे बाबु छोरा बीच झगडा हुँदा छोरा बिनोदले बाबुलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गर्दा बाबु वसन्तप्रसादको बायाँ कानको तल्लो भागमा काटेको थियो ।
छोराले खुकुरीले हानेका वसन्तको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । घरायसी झगडाको क्रममा रक्सी सेवन गरेका विनोदले बाबुको हत्या गरेको प्रहरीले जनाएको छ । घटनापछि भागेका विनोदलाई राति १२ बजे प्रहरीले पक्राउ गरेको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्