सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

श्रीमति ससुरासँग सल्किएपछी श्रीमतिको हत्या

murder-scatch

ससुरासँग अवैध सम्बन्ध भएको शङ्कामा पर्वतको बर्राचौर गाविसकी एक महिलालाई श्रीमानले हत्या गरेको आरोप लगाइएको छ । बर्राचौर–८, पूर्णगाउँमा ४५ वर्षीया सेती नेपालीलाई उनका श्रीमान देवबहादुरले शुक्रबार राति हत्या गरेको बताइएको छ ।

घटनापछि देवबहादुर र उनका बाबु जालेलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि छिमेकी जिल्ला स्याङ्जाको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको पर्वतका प्रहरी प्रमुख शेखर खनालले जानकारी दिनुभएको छ ।

त्यस्तै, श्रीमतीको हत्या आरोपमा वैतडीको मेलौली–१ द्वारिकाचोकका विजय नायक पक्राउ परेका छन् । विजयकी श्रीमती कमला शुक्रबार आफ्नै पसलको धुरीमा डोरीमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । कमलाको माइती पक्षले आत्महत्या नभई श्रीमानले कुटपिट गरी हत्या गरेको आरोप लगाएका छन् ।

हत्या भएको भनि माईति पक्षले उजुरी दिएपछि बैतडी प्रहरीले विजयलाई पक्राउ गरेको नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभएको छ । कमलाको शव परीक्षण पछि दाहसंस्कार गरिसकिएको बताइएको छ । कमलाको मृत्यु आत्महत्याबाट भएको हो या श्रीमानले हत्या गरेका हुन भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्