सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ओलीको दसैं, सामाजिक सद्भावको शुभकामना

kp-oliko-dashain

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बडादसैँको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । ओलीले महान पर्व दशैँले समयसीमामा संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबै राजनीतिक शक्तिमा प्रेरणा मिलोस भनी कामना गर्नुभएको छ ।

शुभकामना सन्देशमा अध्यक्ष ओलीले बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक नेपाली बीचको सामाजिक सद्भाव र एकताको निरन्तरता र राष्ट्रिय एकताको लागी पनि कामना गर्नुभएको छ । ओलीले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुस्वास्थ्य, उन्नति, प्रगती र सफलताको शुभकामना दिनुभएको छ ।

यसैबीच अध्यक्ष केपी शर्मा ओलीले पिता मोहन प्रसाद ओलीको हातबाट दशैको टीका ग्रहण गर्नुभएको छ । भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा मंगलबार बिहान ९ः२५ को साईतमा पिता मोहन प्रसादको हातबाट टीका ग्रहण गर्नुभएको हो ।

एमाले अध्यक्ष ओलीले आफुले टीका ग्रहण गरेपछि श्रीमती तथा आफन्तजनलाई टीका लगाइदिनुभएको थियो । परिवार तथा आफन्तलाई टिका लगाईसकेपछी उहाँले पार्टीका कार्यकर्ता तथा सर्वसाधारणलाई टिका लगाईदिनुभएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्