दसैंको टिकामा पुर्वराजा र कमल थापाको कानेखुसी
सदाझैँ यसबर्ष पनि पूर्वराजा ज्ञानेन्द्र शाहले महान पर्व विजयादशमीका अवसरमा शुभेच्छुकहरुलाई टीका र जमरा लगाइदिनुभएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहको हातबाट दसैंको टिका ग्रहण गर्न सयौैँको संख्यामा शुभेच्छुकहरु निर्मल निवास पुगेका थिए ।
मंगलबार बिहानैदेखि निर्मल निवासमा शुभेच्छुक तथा राजावादीहरुको भीड लागेको थियो । पुर्वराजाबाट टिका ग्रहण गर्न शुभेच्छुक तथा सर्वसाधारण घण्टौँसम्म लाईन बसेका थिए । शुभेच्छुकहरुको बिहानै देखि भिडभाड भए पनि पुर्वराजाले अपरान्ह ४ बजेपछी मात्र टिका लगाईदिन सुरु गर्नुभएको थियो ।
पुर्वराजा ज्ञानेन्द्र शाहको हातबाट सबैभन्दा पहिले पुर्व उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले टिका लगाउनुभएको थियो । टिका लगाउने क्रममा पुर्वराजासँग केहिबेर राजनितिक कानेखुसी भएको कमल थापाले ट्विटमार्फत सार्वजनिक गर्नुभएको छ ।
पुर्वराजाको हातबाट टिका लगाउन निर्मल निवास पुग्नेमा अधिकांश राप्रपा नेपालका कार्यकर्ता, पञ्चायतकालीन नेता, पूर्व प्रशासक, तत्कालीन शाही नेपाली सेनाका उच्च पदाधिकारी, पूर्वकर्मचारीहरु थिए । पुर्वराजासँगै पुर्वरानि कोमल शाहले पनि शुभेच्छुक तथा सर्वसाधारणलाई टिका लगाईदिनुभएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्