सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपाली युवायुवतीको दुबईमा खरिदबिक्री !

manab-taskari-in-dubai

मानव तस्करीको एउटा गिरोहले नेपाली युवा युुवतिलाई खाडी मुलूकमा बेच्ने गरेको पाईएको छ । पछिल्लो पटक दुबईमा लैजाने भन्दै एक नेपाली महिलालाई ओमान पुर्याएर बिक्री गरिएको खुलासा भएको छ । चरम यातना पाएकी ती महिलालाई बेचिएको ६ महिनापछि महानगरीय प्रहरी अपराध महाशाखाले उद्धार गरेको हो ।

काठमाडौंकी ३५ वर्षीय रुविना शर्मा (नाम परिवर्तन)लाई मानव तस्करीमा संलग्न गिरोहले १८ हजार दिराम अर्थात करिब पाँच लाख रुपैयाँमा बिक्री गरेको पाईएको प्रहरीले बताएको छ । चार दिनअघि प्रहरीले उनको उद्धार गरेको छ । त्यसैगरी एक जना एजेन्टलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनलाई नक्कली कागजपत्र बनाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै ओमान पुर्याइएको हो । प्रहरीका अनुसार रुविनाले घरेलु कामदारका रुपमा करिब ५ महिना काम गरेकी थिइन् । दुई महिनाको मात्र तलव पाएको र घरमा पशु सरह व्यवहार भएको थाहा पाएपछि उनको परिवारले प्रहरीमा उजुरी गरेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्