सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारतको गोवामा चीन र नेपालबिच उच्चस्तरीय छलफल

puspakamal-dahal-and-xi-jinping

ब्रिक्स सम्मेलनमा सहभागी हुन भारतको गोवा जानुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच भेटघाट भएको छ । उच्चस्तरीय भारतको गोवामा नेपालका प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिको नेतृत्वमा उच्चस्तरीय बैठक भएको हो ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई जतिसक्यो चाँडो नेपालको भ्रमण गर्न निम्तो दिनुभएको थियो । जवाफमा चिनियाँ राष्ट्रपति सीले उपयुक्त समय पारेर जतिसक्दो चाँडो नेपालको भ्रमण गर्ने जवाफ दिनुभएको बताईएको छ ।

भेटवार्तामा चिनियाँ राष्ट्रपतिले नेपालमा संविधान कार्यान्वयनका लागि आन्तरिक एकता कायम गर्नुपर्नेमा जोड दिएको बताईएको छ । भेटवार्तामा दुई देशबीच पूर्वाधार विकास, ब्यापार, सूचना प्रविधि तथा ट्रान्जिटका लागि सहकार्य गर्नेबारे छलफल भएको परराष्ट्रमन्त्री प्रकाशशरण महतले बताउनुभएको छ ।

यसैगरी नेपाल, भारत र चीनबीच त्रिपक्षीय साझेदारी र सहकार्य अघि बढाउन पनि राष्ट्रपति सीले चासो व्यक्त गरेको बताइएको छ । ब्रिक्स सम्मेलनका लागि दुई देशका उच्चस्तरीय प्रतिनिधि मण्डल बीच शनिबार साँझ द्विपक्षीय बैठक भएको हो ।

शनिबार बिहानै भारतको गोवा प्रस्थान गर्नुभएका प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग आज भेटवार्ता गर्ने समय तय भएको छ । भारतीय प्रधानमन्त्रीसँगको छलफलमा सार्क शिखर सम्मेलनका सम्बन्धमा कुराकानी हुने बताइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्