नेपाली सेनाले २१ सय ३५ जनाको भर्ती खोल्यो
के तपाईले नेपाली सेनामा जागीर खाएर देशको सेवा गर्ने सपना देख्नुभएको छ ? यदि त्यसो हो भने नेपाली सेनाले बिभिन्न पदमा २१ सय ३५ जनाका लागी दरखास्त आव्हान गरेको छ । सेनाका अनुसार जंगी अड्डा काठमाडौंसहित विभिन्न पृतना, बाहिनी, गण तथा गुल्ममा दरखास्त आवेदन मागिएको हो ।
सेनाले खुलाएको नयाँ दरखास्तमा सैन्य अर्थात सिपाही पदमा मात्रै १ हजार ९ सय ५० जनाको लागि आवदेन मागिएको छ । काठमाडौंको जंगी अड्डामा मात्रै ४ सय जना सिपाहीको माग गरिएको छ । सेनाले लेखा, जमदार, हुद्दा, अमलदार, सैन्य ड्राइभर, बन्दोबस्ती सिपाही, कुचिकार, धोबी, केशकर्तक, वेटर र लोहार पदमा आवेदन खुलाएको हो ।
इटहरी, फिदिम, राजबिराज, हेटौंडा, सिन्धुली, रौतहट, रामेछाप, पोखरा, बझाङ, इलाम, बुटवल, लमजुङ, नेपालगञ्ज, दाङ, जुम्ला, जाजरकोट, दिपायल, धनगढीका विभिन्न सैन्य पृतना, बाहिनी, गण तथा गुल्ममा नयाँ भर्ति खुलाईएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
कहाँ कतिजनाको माग भएको छ हेर्नुहोस;
फेसबुकबाट कमेन्ट गर्नुहोस्