सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

उधारोमा रिचार्ज नदिएपछी सांघातिक आक्रमण

subhas-chaudhari-richarja-kard-nadiyapaxi-kutai-khayara-ghaite-vayaka

महोत्तरीको बर्दिबासमा उच्छृंखल युवाहरुको एउटा समूहले उधारोमा रिचार्ज कार्ड नदिएको निउँमा किराना पसलेमाथि सामूहिक आक्रमण गरेको छ । उच्छृंखल युवाहरुले किराना पसल गरी बसेका दाजुभाईको टाउकोमा बोतलले हानेर गम्भीर घाइते बनाएका छन् ।

ड्युको बोतल प्रहारबाट घाईते भएका किराना पसले सुभाष चौधरीको अवस्था गम्भिर रहेको छ । गम्भीर घाईते भएका सुभाषलाई थप उपचारको लागि काठमाण्डौ पठाइएको छ । ड्यु तथा कोकको बोतल प्रहारबाट औरहीका १९ बर्षीय सुभाष चौधरी र उनका भाई घाईते भएका छन ।

सुभाषका दाजुभाई बर्दिवास बजारमा किराना पसल गर्दै आईरहेका थिए । शनिबार उधारोमा रिचार्ज माग्न पसलमा आएका उच्छृंखल युवाहरुले रिचार्ज कार्ड नदिएको निउँमा छोराहरुमाथि सामुहिक आक्रमण गरेको पीडितका बुवा विपिन चौधरीले बताएका छन् ।

स्थानीय सन्तोष महतो सहितका ३ जना युवाहरुले पसल भित्रै पसेर ड्यु र कोकको बोतलले सुभाषको टाउकोमा प्रहार गरी गम्भिर घाइते बनाएका हुन । घटनामा संलग्न तीनै जना फरार भएका छन् । उनिहरुको खोजी भईरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक विजय थापाले बताउनुभएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्