सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

‘स्मार्ट लाईसेन्स प्रणाली’ अब देशभरबाट

आगामी मंसीर देखी यातायात व्यवस्था विभागले देशभर ‘स्मार्ट लाईसेन्स प्रणाली’ लागू गर्ने भएको छ । परीक्षणका रुपमा गत मंसिरदेखी बागमती अञ्चलमा सुरु भएको यो प्रणाली एक वर्षभित्र बाँकी १३ वटै अञ्चलमा विस्तार गर्न लागिएको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताएका छन ।

एसियाली विकास बैङ्क (एडिबी)को आर्थिक सहयोगमा सुरु भएको स्मार्ट लाईसेन्स एक बर्षभित्र सबै अञ्चल कार्यालयमा विस्तार गर्ने समझदारी भएकाले गृहकार्य भइरहेको श्रेष्ठले बताएका छन । एडिबीले सवारीचालक अनुमति पत्रलाई व्यवस्थित बनाउन स्मार्ट प्रणाली प्रयोगका लागि करिब २३ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

आधुनिक प्रविधिको प्रयोग गरी वैज्ञानिक प्रणाली अपनाइएको स्मार्ट लाईसेन्सको सुविधा देशभरबाट प्रदान गर्न सफ्टवेयरको विकास तथा दक्ष जनशक्ति व्यवस्थापन गर्न चुनौती रहेको श्रेष्ठले बताउनुभएको छ ।

अहिलेसम्म करिब एक लाख सेवाग्राहीलाई बागमती अञ्चल कार्यालयबाट चार पाङग्रे र दुई पाङग्रे सवारी साधन चालक अनुमति पत्र स्मार्ट कार्ड प्रणाली मार्फत वितरण गरिएको विभागले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्