सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नागरिकता, पासपोर्ट नेपाली, मान्छे चाहीँ बंगाली

बंगलादेशी नागरिक मोहमद बेलाल हुसेन कहिले र कुन प्रयोजनका लागि नेपाल आए, त्यसको आधिकारिक लेखाजोखा छैन । नेपाल आएपछि हुसेनले सर्लाही जिल्ला प्रशासनबाट नागरिकता लिए । त्यसका आधारमा उनलाई राहदानी विभागले मेसिन रिडेवल पासपोर्ट दियो ।

राहदानी पाएपछि हुसने साउदी अरेविया जान बैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिए । हुसेन पुरानो बानेश्वरको पिजन म्यानपावर कम्पनीबाट साउदी पनि गए ।

विमानस्थल प्रवेश गर्ने बेलामा प्रहरीले राहदानी हेरेर सोधपुछ गर्छ । त्यसपछि अध्यागमनले प्रस्थान अनुमति दिन्छ । हुसेनको यी सबै प्रक्रिया पूरा भए ।

नेपाली पटक्कै बोल्न नजान्ने हुनेस ४ वर्ष साउदी बसाइ पछि नेपाल फर्किए । त्रिभुवन विमास्थल स्थित अध्यागमन कार्यालयले हुसेनलाई राहदानी शंकास्पद भन्दै पक्राउ ग¥यो ।

सोधपुछ गर्दै जाँदा उनी बंगलादेशी नागरीक भएको फेला प¥यो । एउटा विदेशी नागरीक नेपाल आएर नागरीकता लिएर सोही आधारमा पासपोर्ट समेत बनाएर विदेश जाँदा सम्म पत्तो नपाउने हाम्रो प्रशासन संयन्त्र कति मजबुत रहेछ भन्ने छर्लङ्ग भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्