रात्रि बस त्रिशुलीमा खस्यो, १ को मृत्यु, ९ घाईते
काठमाडौंबाट भैरहवाका लागी हिँडेको यात्रुबाहक बस मंगलबार राति त्रिशूली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ । लु १ ख ७३९१ नं को रात्रि बस नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी–६, रिद्धिखोला नजिकैबाट त्रिशूली नदीमा खसेको हो ।
बस दुर्घटनामा परी घाईते भएका ९ जनाको जिवितै उद्दार गरिएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालका अनुसार घाईते नौ जनालाई उपचारका लागि भरतपुर पठाइएको छ ।
घटनास्थल पुगेका चितवन प्रहरी प्रमुख वसन्त कुँवरका अनुसार घटनास्थलबाट १ जनाको शव प्राप्त भएको छ । मृतकको पहिचान हुन भने बाँकी छ । दुर्घटनामा परेको बसको आधा भाग त्रिशूली नदिमा डुबेकाले अन्य यात्रु पानीमा बगेर बेपत्ता भएको हुन सक्ने अनुमान गरिएको छ ।
बस राति करिब ८ः४५ बसे सडकबाट नदीमा खसेको अनुमान गरिएको छ । दुर्घटनामा यात्रु राजु विक बेपत्ता भएको बताईएको छ । दुर्घटनाग्रस्त बसका चालक र सहचालक सम्पर्कमा नरहेकाले बसमा कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्