क्यानडा गएका लोकमान दुबईमा, चर्चा लोकमानको
यता देश लोकमानमय बनेको छ । उता क्यानडामा छन भनिएका लोकमान दुबईमा रमाउँदै गरेको भेटिएका छन् । अदालतको म्यादबाट जोगीन अनेक तिकडम रचिरहेका लोकमान एक सातादेखि दुबईको शेख जायद रोडस्थित बिनथानी होटलमा रहेको पाईएको छ ।
अख्तियार प्रमुख कार्कीलाई दुबई मलमा घुम्न गएको बेला त्यहाँ कार्यरत नेपालीले देखेपछी उनी दुबईमा भएको पुष्टि भएको हो । कार्कीलाई दुबई मलमा देखेको सुचना पाएपछी त्यहाँ कार्यरत नेपाली पत्रकारले सोधखोज गर्दा एक साता देखी उनी दुबईमा नै रहेको तथ्य फेला परेको हो ।
प्राप्त सुचना अनुसार कार्की आज नै दुबईबाट नेपाल फिर्ता हुने तालिका रहेको छ । कार्की कुन विमानबाट कति बजे नेपाल फर्किने भन्ने बारेमा भने कुनै सूचना नभएको स्रोतले बताएको छ । कार्यक्रममा सहभागी हुन घटस्थापना अघि क्यानडा गएका कार्की हालसम्म बिदेशमै छन् ।
कार्तिक १ गते मात्रै उनले १० दिनका लागि बिदा थप्न राष्ट्रपति समक्ष निवेदन दिएका थिए । सर्बोच्च अदालतले म्याद तामेल गरिसकेकाले उनी देशमा रहे पनि विदेशमा रहे पनि मुद्दाको प्रकृया अघि बढाउन कुनै फरक पर्दैन । यही तथ्य बुझेका कारण बिदा थपे पनि कार्की आज स्वदेश फर्कन लागेको हुनसक्ने अनुमान गरिएको छ ।
सर्वोच्च अदालतको टोलीले सोमबार कार्कीको योग्यता सम्बन्धी फैसलाको पुनरावलोकन गर्ने आदेशको म्याद तामेल गरेको छ । लामो प्रयासपछि कार्कीको घरमा म्याद तामेल भएको प्रतिवेदन दामेलदारहरुले मंगलबार अदालतमा बुझाएका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्