सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारतले पुन; बाँध थुन्यो, नेपाली भुभाग डुबानमा

indianle-borderma-badh-banda-garda-duban

भारतीय पक्षले सीमा क्षेत्रमा बनाएको बाँधका कारण पुनः कपिलवस्तुमा नेपाली भुभाग डुबानमा परेको छ । भारतले पानी जम्मा गरी सिचाई गर्न सीमा क्षेत्रमा एकतर्फी रुपमा बनाएको चार ओटा बाधको फाटक (ढोका) बन्द गर्दा नेपाली भूभाग डुबानमा परेको हो ।

भारतले बझाहा, महलीसागर, सिसवा र मझौली बाँधको ढोका पूर्ण रुपमा बन्द गरेको स्थानियबासीले जानकारी दिएका छन् । डुबानका कारण सो क्षेत्रमा काटनका लागि तयारी अवस्थामा रहेको एक हजार हेक्टर क्षेत्रको धानबाली डुबेर नष्ट भएको छ ।

चार ओटै बाँधका कारण ६ गाबिसका २५ गाँउमा लगाईएको ९४० हेक्टर बढी काटने अवस्थामा रहेको धानमा ठूलो क्षति भएको छ । सबै भन्दा बढी बझाहा बाँधका कारण ६ सय बढी हेक्टर धान खेत डुबानमा परेको हो ।

पिपराको तुल्सीडहवामा एक सय, गौरामा दुई सय, बलहुवा गाबिसको सिसहनियामा ३५, बिजुवा गाबिसको एक देखि ६ वडाका २७५ हेक्टर धानबाली पानीमा चुर्लुम्म डुबेको छ ।

यस्तै तितिर्खी गाविसको रजवापुरमा ६०, पकडीमा १५०, दरखसवामा ३०, रंगपुरको पुन्नीहवामा ६० र रतपुरमा ३० हेक्टर क्षेत्र डुबानमा परेको स्थानिय राम लखन जैसवालले जानकारी दिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्