सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

प्रहरीले बिबाह मण्डपबाटै पक्रियो बेहुलाबेहुली

bal-bibaha

बालबिवाह गरेको भन्दै जिल्ला बाल क्लब सञ्जालले खाँदबारी–३, मानेभञ्ज्याङबाट बेहुला र बेहुलीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ । सञ्जालले खाँदबारी–५ चिप्लेगाउँका १४ बर्षिया सोनी गुरुङ र खाँदबारी ३ मानेभञ्ज्याङका ३२ बर्षिय रमेश गुरुङलाई बिहिबार टिकाटालो गरिरहेकै अवस्थामा पक्राउ गरेको हो ।

बालिका मानेभञ्ज्याङ स्थित महेन्द्र उच्च माध्यमिक विद्यालयमा कक्षा सातमा अध्ययरत विद्यार्थी हुन् । उनी सानैदेखि हजुरबुवा र हजुरआमासँग मानेभञ्ज्याङमा नै बस्दै आएकी थिइन । बालिकाको बुवा दोश्रो बिहे गरेर तराई बस्न थालेको र आमा बैदेशिक रोजगारीको क्रममा मलेसियामा हिँडेपछि हजुरआमाले आफैसँग राख्न थालेको छिमेकीहरुले बताएका छन् ।

यता, बेहुला बनेका गुरुङ भने तीन बर्ष मलेसिया बसेर फर्केपछि बिहे गर्न लागेका थिए । दुवै पक्षको परिवारको राजीखुशीमा बिवाह गर्न लागेको भएपनि बाल बिवाह दण्डनीय रहेको भन्दै दुवै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाईएको जिल्ला बाल क्लब सञ्जालका अध्यक्ष खेवाहाङ मेवाहाङले जानकारी दिएका छन ।

बाल बिवाह हुन लागेको खबर पाएपछि आफुहरुले प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गरेको सञ्जालका अध्यक्ष मेवाहाङले बताएका छन । जिल्ला प्रहरी कार्यालयमा छलफल भएपछि बालिका १८ बर्ष पुरा नभएसम्म आफ्नो परिवारकै साथमा बस्नु पर्ने सर्तमा दुवै पक्ष बीच मिलापत्र गरेर छोडिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS