पोर्चुगलमा सवारी दुर्घटनामा दुई नेपालीको मृत्यु
पोर्चुगलमा सवारी दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुने नवलपरासी गैंडाकोट नगरपालिका–१६, अमरापुरीका अनिल थापा र बागलुङ रिघा गाबिस–३, ठूलोरिघाका सन्तोष सापकोटा रहेका छन ।
अक्टोबर २७ मा पोर्चुगलको भिला नोभा दि मिलफोन्तेसबाट साँओ तेतोनिया तर्फ जाँदै गर्दा उनीहरु दुर्घटनामा परेका हुन । तिव्र गतिमा रहको सवारी अनियन्त्रित भई रुखमा ठोकिएर उनीहरुको घटनास्थलमै निधन भएको गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष भीम केसीले बताएका छन ।
शव पोष्टमार्टमका लागि बेजा अस्पतालको लिगल मेडीसिन एण्ड फोरेन्सिक डिपार्टमेण्टमा राखिएको छ । शव नेपाल पठाउनका लागि स्थानीय प्रशासन, अस्पताल र नेपालमा मृतकका परिवारसंग परामर्श र आवश्यक कानुनी प्रकृया सुरु भएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्