सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गाउँपालिकाको केन्द्र प्रति गोरखामा विरोध प्रर्दशन (भिडियो सहित)

गोरखा । स्थानीय पुर्नसंरचना जिल्ला प्राविधिक सहयोग समिति गोरखाले विभिन्न स्वायत्त र संरक्षित क्षेत्र सहित गोरखामा २ नगरपालिका र ९ गाउँपालिका रहने गरी ११ वटा स्थानीय तह बनाउने प्रस्ताव पेश गरेको छ ।

स्थानीय पुर्नसंरचना जिल्ला प्राविधिक सहयोग समितिको बैठकले  मुस्लिम र कुमाल संरक्षित क्षेत्र हुने गरी गोरखा नगरपालिकामा देउराली र बुंकोट गाविस लाई गाभ्ने निर्णय गरेको छ । त्यस्तै पालुङटार नगरपालिकामा मिरकोट ,धुवाँकोट र खोप्लाङ्ग गाविस लाई गाभ्ने निर्णय गरेको छ ।

यसैगरी भोटेलामा स्वायत्त क्षेत्रका रुपमा सिर्दीवास रहने गरी चुमनुब्री गाउँपालिका ,तमु स्वायत्त क्षेत्रका रुपमा गुम्दा केन्द्रका रहने गरी धार्चे गाउँपालिका ,आरुचनौटे केन्द्र रहने गरी आरुघाट गाउँपालिका , ताकुकोट केन्द्र रहने गरी सुलिकोट गाउँपालिका, बराम संरक्षित क्षेत्रका रुपमा वगुवा केन्द्र रहने गरी भीमसेन गाउँपालिका , मगर स्वायत्त क्षेत्रका रुपमा घैरुङ्ग केन्द्र रहने गरी शहिद लखन थापा गाउँपालिका ,चेपाङ संरक्षित क्षेत्रका रुपमा भुम्लीचोक केन्द्र रहने गरी गण्डकी गाउँपालिका , छोप्राक केन्द्र रहने गरी सिरानचोक गाउँपालिका र तामाङ ,भुजेल संरक्षित क्षेत्रका रुपमा भच्चेक केन्द्र रहने गरी अजिरकोट गाउँपालिका बनाउने निर्णय गरेसंगै प्रस्तावित गाउँपालिकाको केन्द्रको विषयमा विवाद संगै बिरोध सुरु भएको छ ।

मंगलबार ताकुकोटलाई सुलिकोट गाउँपालिकाको केन्द्रको रूपमा प्रस्तुत गरिएकोमा सौरपानीवासिले जिल्ला विकास कार्यलय अगाडि विरोध प्रर्दशन गरेका छन् । सौरपानीलाई गाँउपालिकाको सदरमुकाम कायम गर्नु पर्ने माग गर्दै उनीहरुले विरोध गरेका हुन् ।

यस अघि सो गाउँपालिकाको केन्द्रको रूपमा सौरपानी प्रस्ताव गरिएको थियो भने हाल कायम रहेको इलाका नं ९ को केन्द्र पनि सौरपानी नै हो ।  प्रस्तावित सुलिकोट गाउँपालिकामा प्रस्ताव गरिएका गाविस मध्ये वारपाक देखि देउरालीसम्मको माझ भाग सौरपानी पर्ने र सबै प्रकार बाट सौरपानी केन्द्रको लागि निर्विकल्प रहेको उनीहरुको भनाई छ ।

राजनैतिक षड्यन्त्रको कारण दुर्भाग्यपूर्ण निर्णय भएको भन्दै यस निर्णयलाइ सच्याएर वैज्ञानिक निर्णय गर्न स्वाँरा सौरपानी, वारपाकबासि जनताले समेत माग गरेका छन् । यसै बीच स्थानीय पुर्नसंरचना जिल्ला प्राविधिक सहयोग समितिले तयार परेको २ नगरपालिका र ९ गाउँपालिका मध्ये अधिकंशमा केन्द्र र क्षेत्रफलको बिषयमा विवाद उत्पन्न भएको छ ।

सौरपानीबासि द्वारा गरिएको बिरोध प्रर्दासनको भिडियो

फेसबुकबाट कमेन्ट गर्नुहोस्