सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

संशोधन विधेयक मोर्चाले स्वीकार नगर्ने

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकलाई यथास्थितिमा स्वीकार गर्न नसकिने बताएको छ । तमलोपाको पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकले यथास्थितिमा संसोधन विधेयकलाई स्वीकार्न नसकिने निर्णय गरेको हो ।

सरकारले आफूहरूसँग छलफल नै नगरी दर्ता गराएको विधेयकले मधेसी, आदिवासी, जनजाति, थारु लगायतले उठाएको मागको सम्बोधन नहुने मोर्चाले ठहर गरेको छ । यद्यपि, सरकारसँग संवादको ढोका बन्द भइनसकेको मोर्चाका नेताहरूले बताएका छन् । सरकारले संविधान संशोधन विधेयक दर्ता गरेपछि साझा धारणा तय गर्न मधेसी मोर्चाले बैठक बोलाएको थियो ।

संशोधन विधेयकबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बैठक बस्ने मोर्चाका नेताहरुले बताएका छन । संविधान संशोधन विधेयक संसदमा पेश भएपछि त्यसका सबै प्रक्रियामा भाग लिने समेत मोर्चाले निर्णय गरेको छ ।

madhesi-morcha-not-accept-samsodhan

फेसबुकबाट कमेन्ट गर्नुहोस्