सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

तपाईको अनुहार हेर्न पनि मन छैनः ओली

kp-oli-and-prachanda-in-parliament

सरकारले संसदमा दर्ता गराएको संशोधन विधेयकको विरोध गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिहीबारको संसद बैठक अवरुद्ध पारेको छ । संसद बैठक सुरु भए लगत्तै एमाले उपाध्यक्ष वामदेव गौतमले संसद बैठक चल्न नदिने घोषणा गरेका थिए ।

उपाध्यक्ष गौतमले संविधान संशोधन प्रस्तावले राष्ट्रियतामाथि नै खतरा उत्पन्न गराएको आरोप लगाएका थिए । प्रदेशको सिमाना हेरफेर गर्ने अधिकार प्रदेश सभालाई मात्रै भएकाले सरकारले दर्ता गरेको विधेयक संविधान विपरित रहेको गौतमको तर्क थियो ।

‘पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई हटाएर तराईका मात्रै जिल्ला रहेको प्रदेश बनाउनु षड्यन्त्र हो,’ उपाध्यक्ष गौतमले भने, ‘नेपाललाई बहुराष्ट्र बनाएर अन्त्यमा तराईलाई स्वतन्त्र राज्य बनाउने खेल अन्तर्गत यो प्रस्ताव आएको हो ।’

संविधान पालना गर्नुपर्ने सरकारले नै उल्लंघन गरेकाले यो सरकारलाई कुर्सीमा बसिरहने नैतिक अधिकार नरहेको गौतमले बताए । सरकारले संविधान अनुसार गर्नुपर्ने निर्वाचन बिथोल्ने रणनीति अन्तर्गत संसोधन प्रस्ताव ल्याएको गौतमको दावी छ ।

एमालेको अवरोधपछी सभामुखले बैठक १७ गते ३ बजेसम्मका लागी स्थगित भएको घोषणा गर्नासाथ प्रधानमन्त्री प्रचण्ड विपक्षी दलका नेता केपी शर्मा ओली भएतिर अघि बढे र, त्यहीँ सम्वाद सुरु भएको थियोे । त्यसबेला नजिकै रहेका एमाले सांसद रविन्द्र अधिकारीका अनुसार प्रधानमन्त्री प्रचण्डले ओलीलाई ‘बसेर छलफल गरौं’ भन्ने प्रस्ताव राखेका थिए ।

एमाले अध्यक्ष ओलीले भने प्रचण्डलाई ‘तपाईसँग बोल्न त के, अनुहार हेर्न पनि मन छैन’ भन्ने रुखो जवाफ दिएका थिए । ओलीले त्यसोभन्दा नजिकै सुनिरहेका सांसदहरु हाँसेका थिए । लगत्तै प्रधानमन्त्रीले समस्या समाधान गर्न आफू गम्भीर रहेको बताए । जवाफमा ओलीले ‘त्यसो हो भने तीनवटै चुनाव गर्न लाग्नुस्’ भनेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्