मधेसी मोर्चाका नेतालाई लैनचौरमा राजदुतको भोज
पाँच नम्बर प्रदेशलाई टुक्राउने सम्बन्धी संसोधन विधेयकको बिरोधमा आन्दोलन चर्किँदै गईरहेको बेला नेपालका लागि भारतीय राजदूत रणजित रायले मधेसी मोर्चाका शीर्ष नेताहरुलाई बोलाएर संशोधन विधेयकबारे छलफल गरेका छन् । दुतावासले लञ्च मिटिङ भन्दै शनिबार बिहान मधेसी मोर्चामा आबद्ध दलका अध्यक्षहरुलाई बोलाएको थियो ।
दुतावासले मोर्चामा आवद्ध सातै दलका अध्यक्षलाई बोलाए पनि पाँच दलका अध्यक्ष मात्र पुगेका थिए । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र सामसपाका अध्यक्ष शरतसिंह भण्डारी भने राजधानी बाहिर रहेकाले दूतबास गएका थिएनन् ।
लैनचौरस्थित भारतीय दूताबासमा भएको भेटमा राजदूत रायले संसदमा दर्ता भएको संविधान संशोधन विधेयकमा मधेसी मोर्चाको असन्तुष्टिबारे चासो राखेको बताईएको छ । जवाफमा मधेसी मोर्चाका नेताहरुले परिर्माजन भए मात्र संसोधन विधेयक स्वीकार गर्न सकिने बताएको जानकारी प्राप्त भएको छ ।
राजदूतसँगको भेटमा सहभागी मधेसी मोर्चाका एक नेताले मोर्चाका सबै नेताहरुले संशोधनबारे पुरानै धारणा रखेको र कुनै नयाँ कुरा नभएको बताईएका छन् । छलफलमा राजदूत रायले संशोधन विधेयकलाई स्वीकार गरेर अघि बढ्न सुझाव दिएको बताईएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्