सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रचण्डको कुर्सी धरापमा, सरकार फेर्ने षड्यन्त्र सुरु

chair-of-priminister

संविधान संसोधनको एजेण्डाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कुर्सी हल्लिने खतरा बढेको छ । सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेस भित्रैबाट सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र स्थानिय चुनावमा जाने गरि पहल सुरु भएको छ ।

सम्झौताको ९ महिना नपुग्दै राजनीतिक समस्या समाधानका लागि भन्दै प्रधानमन्त्रीबाट पुष्पकमल दाहाल प्रचण्डलाई हटाएर सभापति देउवालाई ल्याउने पहलमा देउवा पक्षका नेता नै लागेका छन् । स्रोतका अनुसार प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई समेत देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव पुगेको छ ।

कांग्रेसका दुई युवा एनपी साउद र चन्द्र भण्डारीले देउवालाई प्रधानमन्त्री बनाउने विषयमा केपी शर्मा ओलीसँग छलफल गरेको स्रोतले जानकारी दिएको छ । ओलीलाई भेट गर्न नेता साउद र भण्डारी आईतबार साँझ वली निवास बालकोट पुगेका थिए ।

कांग्रेस नेता भण्डारीले ओलीसँग छलफल गरेको स्वीकार गरेका छन । तर उनले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर नगएको दावी गरे । एमाले अध्यक्ष ओलीको सचिवालयले पनि कांग्रेस नेता भण्डारी र साउद छलफलका लागि आएको पुष्टि गरेको छ ।

अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले अध्यक्षसँग कांग्रेसका दुई युवा नेताको छलफल भएको तर विषयबस्तुबारे आफुलाई जानकारी नभएको बताएका छन । स्रोतका अनुसार कांग्रेस नेता साउद र भण्डारीले सहमतिको एउटा विकल्पका रुपमा देउवालाई प्रधानमन्त्री बनाएर चुनावमा जाने प्रस्ताव राखेको बुझिएको छ ।

जवाफमा एमाले अध्यक्ष ओलीले तत्काल सरकार बदल्ने खेलमा नरहेको तर कांग्रेसबाटै प्रयास भए सहयोग गर्न सक्ने बताएका थिए । भण्डारी अहिले संविधान संसोधनमा सीमांकनका विरुद्धको आन्दोलनमा एमालेसँग सहकार्यमा रहेपनि साउद त्यसमा असम्बन्धित हुन । साउद देउवा निकट पात्र मानिन्छन् ।

स्रोत: नेपालपाटी

फेसबुकबाट कमेन्ट गर्नुहोस्