सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रुपन्देही बन्द फिर्ता, आन्दोलनको स्वरुपमा परिवर्तन

butwalma-janapradasan-2

पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमाले सहितका दलहरुले गराउँदै आएको रुपन्देही जिल्ला बन्द फिर्ता लिएका छन् । नेकपा एमाले, नेकपा माले, जनमोर्चा, जनमोर्चा नेपाल, नेकपा माक्र्सवादी र अखण्ड नेपाल पार्टीले सात दिनदेखि जिल्ला बन्द गराउँदै आएका थिए ।

लामो समयदेखिको बन्दले जनजीबन कष्टकर हुँदै आएको थियो । बन्दको सातौं दिन मंगलबार आन्दोलनरत दलका नेताहरुले संयुक्त विज्ञप्ति निकालेर बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी दिएका हुन् ।

विज्ञप्तिमा आन्दोलनको स्वरुप परिवर्तन भएको उल्लेख छ र बन्द हड्ताल बाहेक विरोध जुलुश, सभा, बैठक लगायतका कार्यक्रम जारी राख्ने भनिएको छ । अहिले संविधान संशोधन विधेयकले संसदमा प्रवेश नपाएको र प्रवेश हुनासाथ पुनः सशक्त आन्दोलन सुरु गर्ने नेताहरुले चेतावनी दिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्