सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

उड्ने भयो नेपाली ध्वजाबाहक बिमान कोरीया

फाईल फोटो

राष्ट्रिय ध्वजाबाहक बिमान नेपाल वायु सेवा निगमले दक्षिण कोरियाका लागी सिधा उडान भर्ने अनुमति पाएको छ । अनुमति पाएसंगै अब निगमको जहाजले पहिलो पटक काठमाण्डौबाट सातामा दुई पटक सिधा उडान भर्ने छ ।

कोरियाको राजधानी सोलस्थित इन्चेन अन्तराष्ट्रिय विमानस्थलले प्रत्येक आइतबार र बुधबार उडान र अवतरण गर्न पाउने गरी निगमलाई स्लट उपलब्ध गराएको हो । हालसम्म कुनै पनि नेपाली वायुसेवा कम्पनीले कोरियाका लागि उडान गरेका छैनन् ।

वायु सेवा निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ताका अनुसार निगमले २०७४ असोज १५ देखि कात्तिक १५ भित्र कोरियाका लागी सिधा उडान सुरु गर्नेछ । निगमले चाँडै नै जापानका लागी पनि उडान भर्ने तयारी गरेको छ ।

 

फेसबुकबाट कमेन्ट गर्नुहोस्