सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आईजिपिको दौडधुपमा चन्दको सम्भावना बलियो

 

वर्तमान प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको पदावधी सकिन एक महिना बाँकी हुँदै गर्दा नयाँ आइजीपीका लागि दौडधुप सुरु भएको छ । अर्यालपछि वरियतामा रहेका चार नम्बरसम्मका डिआईजीहरु आइजीपी बन्न दौडधुपमा लागेका छन ।

आईजिपी बन्नका लागी उनीहरु कार्यालयको नियमित काम छाडेर शक्ति केन्द्रमा धाउन थालेको बताईएको छ । हालका आईजिपी उपेन्द्रकान्त अर्यालको कार्यकाल फागुन २ गते सकिँदैछ । उनी कार्यकाल सकिनु भन्दा १५ दिनअघि विदामा बस्ने तयारीमा रहेको बुझिएको छ ।

अर्यालपछि नेपाल प्रहरीको भावी आईजिपीमा वरियताको पहिलो नम्बरमा रहेका डिआईजी नवराज सिलवाल हुन । सिलवाल आफु आईजिपी बन्ने पक्का भएको भन्दै ढुक्क भएर बसेका छन । तर सिलवाललाई उछिन्न उनीभन्दा पछिका डिआईजी प्रकाश अर्याल, जयबहादुर चन्द र वमबहादुर भण्डारी सक्रिय बनेको स्रोतको दाबी छ ।

सिलवालपछी वरियतामा अर्याल दोस्रो, चन्द तेस्रो र भण्डारी चौथो नम्बरमा छन । सिलवाल पछि दोस्रो बरियताका अर्याल ट्राफिक प्रमुख रहेपछि उनीभन्दा बलियो सम्भावना चन्दको छ । गृह मन्त्रालय कांग्रेसको र एकैक्षेत्रका शेरबहादुर देउवा सभापती भएकाले चन्द आईजिपी बन्न सवैभन्दा वढी दौडधुपमा छन ।

चन्द निकट एक प्रहरी अधिकारीका अनुसार देउवा एउटै क्षेत्रको भएको र आफु कांग्रेस पनि भएकाले आफ्नो हकदाबी लाग्ने चन्दले बताउने गरेका छन । अर्याल यसअघि सुडान घोटाला काण्डमा पनि जोडिएकाले उनलाई कमजोर बनाउन भ्रष्टाचारको मुुद्दा जोडिएको छ ।

गोप्य स्रोतका अनुसार आईजिपिकै लबिङका लागी डिआईजी चन्द सोमबार नै नयाँ दिल्ली गएका छन । चार दिन विदा लिएर गएका चन्दले भारतीय नेताहरुसँग समेत छलफल गर्ने स्रोतले जनाएको छ । त्यसो त प्रकाश अर्याल र भण्डारी पनि आफ्नो हिसावले लविङमा लागेका छन ।

भण्डारी माओवादी केन्द्रका नेताहरुसँग भेटघाटमा रहेको स्रोतले बताएको छ । केही बर्ष यता आईजिपि बन्नका लागी संगठनको चेन अफ कमाण्ड बिग्रीने गरी अस्वस्थ प्रतिस्पर्धा हुँदै आएको छ । अहिलेको प्रतिस्पर्धा नेपाल प्रहरीको २५ औँ आईजिपिको लागी हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्