सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जासुसी आरोपमा लेवनानमा दुई नेपाली पक्राउ

इजरायलका लागि जासुसी गरेको आरोपमा लेबनानमा दुई जना नेपाली महिला पक्राउ परेका छन् । लेबनानका अन्तरिक सुरक्षा अधिकारीले बताए अनुसार जासुसीको आरोपमा दुई नेपाली सहित ५ जना पक्राउ परेका हुन । पक्राउ परेकाहरुको पुर्ण विवरण खुलाईएको छैन ।

उनीहरुमाथि नेपाल स्थित इजरायलको दूतावासको सिधा सम्पर्कमा रहेको आरोप लागेको छ । उनीहरुले लेबनान जान चाहनेलाई इजरायली दूतावासको सम्पर्कमा पु¥याउने र इजरायलका लागि काम गर्न प्रोत्साहन गर्ने गरेको आरोप लागेको छ ।

टर्कीको सरकारी समाचार एजेन्सी आनादोलुका अनुसार पक्राउ परेकाहरुलाई अदालतमा पठाइएको छ । यसबारे इजरायलले भने कुनै प्रतिक्रिया दिएको छैन ।

पश्चिम एसियाका मुलुकहरुसँग इजरायलको सम्वन्ध राम्रो छैन । अरबसँगको युद्धपछि खाडी मुलुकहरुमा इजरायललाई शत्रु शक्तिका रुपमा हेरिन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्