सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कोरीयामा तलव नपाउनेको संख्या बर्षैपिच्छे बढ्दै

दक्षिण कोरियामा प्रत्येक बर्ष मजदुरहरुलाई तलब नदिने कम्पनी र उनीहरुले पाउनुपर्ने तलबको मात्रामा बृद्धि भई रहेको छ । रोजगाार तथा श्रम मन्त्रालयले जानकारी गराएअनुसार गत बर्ष २०१६ मा कम्पनीबाट मजदुरहरुले नपाएको तलब रकम १ अर्ब २२ करोड २० लाख ६७ हजार डलर पुगको छ ।

यो रकम अहिलेसम्मकै सबभन्दा बढि हो । यो रकम मजदुरहरुले श्रम बिभागमा आफुले पाउनुपर्ने रकम कम्पनीबाट दिलाई पाउनका लागि उजुरी गरेर अभिलेख राखिएको आधारबाट प्रमाणीत भएको मात्र हो । तलब नपाएर पनि उजुर नगर्ने मजदुरहरु भएकाले रकम बढ्न सक्ने अनुमान गरिएको छ ।

कोरियामा सबभन्दा बढि तलब नदिने क्षेत्र ख्यङगी (सउल नजिकैको क्षेत्र) हो भने दोश्रोमा ईन्छन क्षेत्र पर्दछ । ख्यङगी क्षेत्रमा तलब नदिएर लगाईएको मुद्दाको संख्या २०१४ मा ५० हजार १ सय ५६ वटा छ भने नपाएको तलब कोरियन वन ३,२१३ अंक अर्थात अमेरिकी डलर २७ करोड ४८ लाख ४९ हजार ६ सय ५९ छ ।

२०१५ मा मुद्दा संख्या ५५ हजार २ सय ८ छ भने नपाएको तलब कोरियन वन ३,४२९ अक अर्थात अमेरिकि डलर २९ करोड ३३ लाख २६ हजार ९ सय ४७ छ । २०१६ मा मुद्दा संख्या ५६ हजार ६ सय ७६ छ भने नपाएको तलब ३,५६२ अर्थात अमेरिकी डलर ३० करोड ४६ लाख ४ हजार १ सय ६६ छ ।

कोरियामा दोश्रो बढि तलब नदिने इन्छन क्षेत्रमा २०१४ मा तलब पाउनका लागि गरिएको मुद्दाको सख्या १७ हजार ९५ छ भने नदिएको तलब ६३० अंक वन अर्थात अमेरिकि डलर ५ करोड ३८ लाख ९२ हजार ९० डलार छ । २०१५ मा मुद्दा संख्या १२ हजार २८ छ भने नपाएको तलब ६७९ अक वन अर्थात अमेरिकी डलर ५ करोड ८० लाख ८३ हजार ६ सय ९७ छ ।

२०१६ मा मुद्दा संख्या १२ हजार ८ सय ७९ छ भने नपाएको तलब ७५७ अक वन अर्थात अमेरिकी डलर ६ करोड ४६ लाख ५६ हजार ५१ छ । नदिने तलबको मात्रा र मुद्दा संख्या ३ बर्ष लगातार बृद्दि भईरहेको छ ।

मजदुरको तलव समस्याबारे कोरियाको श्रम तथा रोजगार मन्त्रालयले यो बर्ष आर्थिक स्थिति कमजोर हुन सक्ने र तलब नदिने कम्पनी बृद्दि हुन सक्ने भएकोले यसलाई रोक्न कोरियन नयाँ बर्ष पर्बको अवसरमा सँधै गर्दै आएको २ हप्ता केन्द्रीकृत मजदुरी निरिक्षणलाई बढाउने जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्