सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

श्रीमतीले नै श्रीमानलाई बालिका वलत्कार गर्न लगाएपछी

भक्तपुरको अनन्तलिंगेश्वर–७, सिरुटारकी १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । सागरनाथ–७ सर्लाही घर भइ सिरुटारमा ज्यामी काम गर्ने अभिभावकसँग बसेर कक्षा ५ मा अध्ययनरत बालिका छिमेकीबाटै बलात्कृत भएकी हुन ।

बालिका बलात्कृतको आरोपमा प्रहरीले पति–पत्निलाई नै पक्राउ गरेको छ । अनन्तलिंगेश्वरका ४० वर्षका राजकृष्ण कायस्थ र उनकी पत्नी राधाजंगम पक्राउ परेका हुन् । राजकृष्णले पत्नीकै सहयोगमा बालिका बलत्कार गरेको डिएसपी श्यामबाबु ओलियाले बताएका छन ।

टिभी हेर्ने तथा पैसा दिने प्रलोभन देखाइ पत्नी राधाजंगमले घरमा नै लगेर राजकृष्णको जिम्मा लगाइ बाहिरबाट चुकुल लगाएकी थिइन् । त्यही समय राजकृष्णले बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्