कार्यवाहक आईजीपी नवराज सिलवाल, चन्द खोई नि ?
आइजीपी उपेन्द्रकान्त अर्यालले आज अवकाश पाएसँगै डिआइजी नवराज सिलवालले कार्यवाहक आइजीपीको जिम्मेवारी पाउने भएका छन् । आज (सोमबार) अपराह्न प्रहरी प्रधान कार्यालयमा आइजीपी अर्यालले सिलवाललाई कार्यवाहक आइजीपीको जिम्मेवारी सुम्पिने गृह मन्त्रालय स्रोतले बताएको छ ।
सिलवाललाई कार्यवाहक जिम्मेवारी दिएपछि आइजीपी अर्याल र बहाल भएका सबै एआईजीहरुले प्रहरी सेवाबाट आजैदेखि अनिवार्य अवकाश पाउँदै छन् । सिलवाललाई कार्यवाहक आइजीको जिम्मेवारी दिने कार्यक्रममा प्रहरीका सबै वरिष्ठ अधिकृतहरु उपस्थित हुने भएका छन् ।
यसअघि आइतबारको मन्त्रीपरिषदले तेस्रो वरियताका डिआइजी जयबहादुर चन्दलाई आइजीमा नियुक्ति गर्ने निर्णय गरेपनि त्यसको केही घण्टामै सर्वोच्च अदालतले चन्दलाई आइजी नबनाउन सरकारलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्