स्ववियुको चुनाव सार्ने प्रधानमन्त्रीको प्रयास विफल
प्रमुख तीन दल तोकिएको मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को चुनाव गर्न सहमत भएका छन् । प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली सहित बिद्यार्थी नेता र त्रिबि पदाधिकारीबिच बुधबार विहान बालुवाटारमा भएको छलफलमा फागुन १४ मै चुनाव गर्ने सहमति भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले स्ववियु निर्वाचनको मिति सार्ने बिषयमा छलफल गर्न एमाले अध्यक्ष ओली, कांग्रेस सभापति देउवा र प्रमुख तिन दलका विद्यार्थी नेता सहित त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई बुधबार बिहानै बालुवाटारमा बोलाएका थिए ।
बैठकपछि अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले भने–‘आन्तरिक कार्यतालिका थोरै प्रभावित भएको छ । यसलाई त्रिविले मिलाउँछ तर निर्धारीत मितिमा चुनाव गरौं भन्ने सहमति भएको छ ।’
बैठकमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले पनि फागुन १४ मै चुनाव गर्नु पर्नेमा जोड दिएका थिए । विप्लव माओवादीको विद्यार्थी संगठनले चुनावको विरोध गर्दै स्ववियु निर्वाचन अवरुद्ध पार्न विभिन्न क्याम्पसमा तालाबन्दी गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्