जानकी मन्दिरमा किन फहरायो भारतीय झण्डा ?
नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आइरहेको भारतले अहिले फेरी अर्को हस्तक्षेप गरेको छ । जनकपुरस्थित पवित्र धार्मिक स्थल जानकी मन्दिरमा भारतले भारतको झण्डा राखेर नेपालको स्वभाविमानमाथि आँच आउने काम गरेको छ ।
सामाजिक सञ्जालमा यस बिषयमा चर्को बिरोध भईरहेको छ । हिजो अर्थात शनिबार दिनभर सामाजिक सञ्जालमा यस बिषयले चर्चा पाएको थियो । आज पनि सामाजिक सञ्जालहरुमा यो बिषयले चर्चा पाईरहेको छ ।
सामाजिक सञ्जाल र संचारमाध्यमहरुमा यस बिषयमा कुरा उठेपछी मन्दिरमा फहराइएको भारतीय झण्डा हटाईएको छ । पहिला दुवै देशको झण्डा फहराइए पनि अहिले नेपालको झण्डा निकालेर फालिएको र भारतको झण्डा मात्र फहराइएको थियो ।
भारतको झण्डा रहिरहँदा नेपालको झण्डा कसरी निकालियो भन्नेबारेमा मन्दिरका कर्मचारीलाई समेत थाहा नभएको बताउँछन् । नेपालको स्वभिामानमा त्यत्रो धक्का पुग्दा प्रशासनदेखि राजनीतिक दलका नेताहरु मौन छन् ।
भारतीय झण्डा जानकी मन्दिरमा कसले र किन फहराउन लगाएको हो यसबारे अझैं भने केही खुल्न सकेको छैन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्