पोर्न स्टार बन्छु भन्ने अर्चना डान्सबार चलाउँदै
अभिनयमा टिक्न र बिक्न नसक्ने कलाकारको पहिलो रोजाइको पेसा रेष्टुरेन्ट ब्यवसाय हुने गरेको छ । यस्तैमा एक से एक हट दृश्य दिँदा पनि बिक्न नसकेकी पोर्न स्टार बन्ने सपना बोकेकी अभिनेत्री अर्चना पनेरुले पनि रेष्टुरेन्ट ब्यवसाय थालेकी छन् ।
पनेरुले काठमाडौको नयाँ बसपार्कमा ‘मुन वाकर बार एण्ड क्लब’ संचालनमा ल्याएकी हुन् । केही युवासँगको सहकार्यमा उनले सो रेष्टुरेन्ट ब्यवसाय थालेको बुझिएको छ । केही दिन अगाडि संचालनमा ल्याएको उक्त रेष्टुरेन्टमा अर्चना आफैले जवानी पस्कीने गरेकी छन् । रेष्टुरेन्टमा आउने दर्शकको फर्माइस् अनुसार उनले नृत्य देखाउँछिन् ।
फर्माइसको नृत्य पाउँदा बारमा आउने ग्राहकले हुस्की र बियरको चुस्कीसँगै उनीतिर पैसाका बिटा उठाउने गर्दछन् । सिम्पल पहिरन बाट नृत्य सुरु गर्ने अर्चानले रात छिपिँदै गएपछि आफूलाई कामुक रुपमा प्रस्तुत गर्ने गरेको रेष्टुरेन्टमा जाने एक ग्राहकले बताएका छन ।
केही म्युजिक भिडियो र दुई चलचित्र अभिनय गरेकी अभिनेत्री अर्चनाले यस अगाडि राम्रो पारिश्रमिक लिएर नयाँ बसपार्कमा नै रहेको उर्वसी डान्स बार तताउदै आएकी थिइन् । सो बार छोडेर उनले आफ्नै रेष्टुरेन्ट संचालनमा ल्याएकी हुन् । अर्चनाको डान्स बारमा उनकी आमा पनि रेखदेख हुने गरेको छ ।
रेष्टुरेन्टमा उनी लगायत करिव आधा दर्जन युवतीले डान्स गर्ने गरेका छन् । नयाँ बसपार्कको अन्य रेष्टुरेन्टको तुलनामा उनको रेष्टुरेन्टमा दर्शकको भिड लाग्ने गरेको छ । पोर्नस्टार बन्छु भन्दै आफ्नो नाङ्गा र उत्तेजक तस्बिर सामाजिक संजालमा सार्वजनिक गरेपछि पहिलो पटक चर्चामा छाएकी अर्चना महेन्द्रनगरमा आयोजित प्रिन्स एन्ड प्रिन्सेस प्रतियोगितामा सेकेन्ड रनरअप समेत भएकी थिइन् ।
नग्न तस्बिर सार्वजनिक भएपछि मिडियाका लागि हट केक भएकी उनलाई प्रहरीले अश्लिलता फैलाएको आरोपमा कैयौँ पटक पक्राउ समेत गरिसकेको छ । अश्लिलता फैलाएको आरोपका कारण गाउँ नै छोड्न बाध्य भएकी अर्चना काठमाडौं छिरे पछी केही निर्देशकको तानातानमा समेत परेकी थिईन ।
थुपै्र चलचित्रका अफर पाएकी उनले ‘जिस्म’ र ‘छेस्को’ अभिनय गरेकी छन् । चलचित्र अभिनयमा भरपुर हट दृश्य दिँदा सफलता हात पर्न नसकेपछि उनी रेष्टुरेन्ट व्यवसायतिर लागेकी हुन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्