एक जना क्याप्टेनको भरमा २ जहाज
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग आन्तरिक उडान गर्न १७ सिट क्षमताका दुई ओटा चिनीयाँ जहाज छन् । तर तीनलाई उडाउन निगमसँग जम्मा तीन जना पाइलट छन् । थप अचम्म केहो भने, तीन पाइलट लिएर दुइटा जहाजबाट सातामा २८ उडान गर्ने तालिका निगमले बनाएको छ ।
त्यसमाथि तीनमध्ये जहाज कमान्ड गर्ने क्याप्टेन एक जना मात्र छन् भने बाँकी दुई को–पाइलट हुन् । यस हिसाबले एक दिनमा दुई जहाजबाट चार उडान हुनेछन् । एउटा जहाजले दुई उडान गर्नेछ ।
अब एउटा क्याप्टेन र दुई को–पाइलटले एकैचोटी चार उडान गर्ने असम्भव तालिका बनाइएको छ । एउटा जहाज उडाउन एक जना क्याप्टेन र एकजना को–पाइलट चाहिन्छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार आन्तरिक उडान गर्ने निगमको एक थान साना जहाज उडाउन क्याप्टेन र को–पाइलट गरी पाँच जना चाहिन्छ । यसको अर्थ दुई क्याप्टेन र तीन को–पाइलट वा तीन क्याप्टेन र दुई को–पाइलट हुनुपर्छ भन्ने हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्