स्ववियु सभापति हारेपछी रिमाद्वारा आत्महत्या
स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हारेपछि स्याङ्जामा नेपाल विद्यार्थी संघकी नेतृले आत्महत्या गरेकी छन् । फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा अध्ययनरत २० वर्षीया रिमा क्षेत्रीले आत्महत्या गरेकी हुन् ।
बुधबार भएको स्ववियु चुनावमा उनी अध्यक्षकी उम्मेदवार थिइन् तर, निर्वाचनमा उनी पराजित भएकी थिईन । उनले फेदीखोला–९, डाँडागाउँस्थित आफ्नै घरमा आत्महत्या गरेकी छन् ।
टिनले छाएको घरको माथिल्लो तलामा उनले सलले पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरी इन्स्पेक्टर सुनिल प्रधानका अनुसार उनको सुसाइड नोट पनि भेटिएको छ ।
त्यसमा उनले आफ्नो मर्ने मन नभएपनि चुनावी हारका कारण आत्महत्या गरेको उल्लेख गरेकी छन् । क्षेत्रीले बुधबार राति आत्महत्या गरेकी हुन् ।
क्याम्पसमा भएको स्ववियु निर्वाचनमा एमालेनिकट अनेरास्ववियुले ९२ मत ल्याएर निर्वाचित भएको थियो भने प्रतिद्वन्द्वी नेविसंघबाट क्षेत्रीले २८ मत प्राप्त गरेकी थिइन् । अखिल क्रान्तिकारीले एक मत पाएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्