सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

स्वयम्भुमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको नयाँ बजार खुसीँबु टाउन प्लानिङमा एक अपहरणकारीलाई गोलि हानी नियन्त्रणमा लिएको छ । प्रहरीले खोजिरहेका अपहरणकारी मध्येका दुर्गा बहादुर तामाङलाई महाशाखाको टोलीले पक्राउ गरेको हो ।

तामाङले नियन्त्रणमा लिन खोज्दा गोलि चलाएपछि जवाफी फायरिङका क्रममा उनको घुँडामा गोलि लागेको महाशाखाका एसपी प्रकाश जंग कार्कीले बताएका छन् । एसएसपी दिनेश अमात्यका अनुसार अपहरणकारी तामाङको टोलीले बिहीबार काठमाडौंको बौद्धबाट ३ जनालाई अपहरण गरेका थिए ।

अपहरणपछि उनीहरुको परिवारसँग साढे ६ लाख रुपैयाँ फिरौती मागेका थिए । आज बिहान परिवारले रकम दिन जाने क्रममा प्रहरी र अपहरणकारीबीच गोलि हानाहान भएको एसएसपी अमात्यले बताएका छन । गोलि चलेपछि तामाङका अन्य साथी भने भागेका थिए ।

उनीहरुमध्येका एक सचिन खवास र अर्का वीर बहादुर तामाङ गरी थप दुईलाई पनि अमृत साइन्स क्याम्पस नजिकैबाट प्रहरीले प्रकाउ गरेको छ । दुर्गा तामाङबाट एक पेस्तोल र ३ राउन्ड गोली बरामद गरिएको एसएसपी अमात्यले बताएका छन ।

अपहरणकारी तामाङको हाल वीर अस्पतालमा उपचार भइरहेको छ । अपहरणमा परेका नुवाकोटका मन दोर्जे तामाङ, विशाल तामाङ र नङदुङ तामाङ मुक्त भएका छन् । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्