सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

ओलीको ‘रिमिक्स गित’, नेपालको ‘टाटा वाईवाई’

गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ
यो देशको मुहार फेर्नलाई उठ

हातमा कलम हुनेहरू, कलम लिएर उठ
आफ्ना गाडी भएकाहरु, गाडी लिएर हिँड

मोटरसाइकल हुनेहरुले, मोटरसाइकल लिएर हिँड
साथमा केही नहुनेहरू, आवाज लिएर हिँड…..

यो गायक रामेश–रायनको गित गाउँगाउँबाट उठ बोलको गितको रिमिक्स भर्सन हो । जसलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले रिमिक्स गरिदिएका हुन ।

एमाले यतिबेला १५ दिने मेची–महाकाली अभियानका क्रममा छ । अभियानकै क्रममा पार्टीद्वारा मोरङको विराटचोकमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा ओलीले गाउँ–गाउँबाट उठ’ बोलको यो जनवादी गीतलाई रिमिक्स गरेर गाएका हुन् ।

बिशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनवादी गीतका केहि हरफ उस्तै र केहि रिमिस्क गरेर गाउँदै गर्दा सहभागिहरुले चर्को हुटिङ गरेका थिए । गीत गाइसकेपछि ओलीले एमालेको अभियान एकताको अभियान भएको भन्दै आफूहरुविरुद्ध फैलाइएको भ्रम चिर्न अभियान सफल हुने बताए ।

उनले एमाले काम गर्ने पार्टी भएको भन्दै सरकारमा हुँदा विदेशीले भनेको नमान्दा उनीहरु आतंकित भएको दाबी गरे । ओलीले भने, ‘एमाले काम गर्ने पार्टी हो । बुढापाकाहरु एमाले देख्नेवित्तिकै आर्शिवाद दिन्छन् । युवाहरु भित्रैदेखि जोसिन्छन् ।’

पार्टीको मेची–महाकाली अभियान अन्तगर्त सुनसरीको इटहरीमा आयोजित जनसभालाई सम्बोधन गर्दै एमालेका बरिष्ठ नेता माधव नेपालले मधेशि मोर्चालाई लोकतन्त्रको मुल्य मान्यता आत्मसाथ गर्न सुझाव दिएका छन ।

सम्बोधनका क्रममा बरिष्ठ नेता नेपालले भने–‘हाम्रा विरोधीले अनेक योजना बुनेका छन् । तपाईंहरु हिंसात्मक नहुनुस् । लोकतन्त्रवादी भन्नहुन्छ भने लोकतान्त्रिक चरित्र देखाउनुस । तपाईंहरुले लोकतन्त्र विरोधीको रुपमा प्रस्तुत हुनुभयो भने जनताले सधैका लागि ‘टाटा, बाई–बाई’ गर्नेछन् ।’

नेपालले अगाडी भने–‘अहिले एमाले सिंगो देश जोडनका लागि अगाडि आएको छ । जातीयताको विष फैलाइएको छ । क्षेत्रीयताको विष फैलाइएको छ । आदीबासी–जनजाती र बाहुन क्षेत्री भन्ने विष फैलाइएको छ । यो विष हामीले हटाउनै पर्छ ।’

नेता नेपालले भने–‘प्रत्येक व्यक्तिको परीक्षाको घडी आएको छ । प्रत्येक पार्टीको परीक्षाको घडी आएको छ । संविधान संसोधनको कुरा गर्नेलाई नेपालको चिन्ता छैन । नेपालीको चिन्ता छैन । उनीहरुलाई बिदेशीको चिन्ता छ । कसरी नागरिकता दिने, कसरी माथिल्लो तहमा लैजाने भन्ने चिन्तामा लागेका छन् ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS