सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

परीक्षामा विद्यार्थीले के उत्तर दिए होला यो प्रश्नको ?

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पोल्टिकल साइन्स विषयको प्रश्नपत्रमा दल विशेषको प्रश्न बनाएको छ । प्रश्न नम्बर ५ मा सोधिएको छ, नेकपा एमालेको भूमिकाबारे चर्चा गर्नुहोस् । त्यसकै विकल्पमा अर्को प्रश्न छ, नेपाली कांग्रेसको भूमिकाबारे चर्चा गर्नुहोस् ।

यी दुवै प्रश्नमा यी दलहरुको भूमिका कुन विषयमा लेख्ने भन्ने सन्दर्भ उल्लेख छैन । दलविशेषका बारे प्रश्न आएपछि विद्यार्थीहरु के उत्तर दिने भनेर अल्मल्लिएका थिए

प्रा. रवीन्द्र खनालले यस्तो प्रश्न बनाउने व्यक्ति त्यही पार्टीसँग सम्बन्धित भएको हुनसक्ने बताएका छन । उनले पार्टी विशेषको प्रश्न सोध्नु गलत भएको समेत बताएका छन ।

मुलुकमा ठूला पार्टीले शाषन गरिरहेको आधारमा यस्तो प्रश्न सोधिएको हो भने पनि कुन सन्दर्भमा हो भन्ने स्पष्ट नभएकाले यो प्रश्न अधुरो रहेको शिक्षाविद् प्रा. विद्यानाथ कोइरालाले बताए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्