सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

यौन सन्तुष्टी नदिएपछी लाहुरेकी श्रीमतिद्धारा हत्या

मोरङको बेलबारीमा एक साताअघि भएको एउटा घटनाले यौनमा सन्तुष्टि नहुँदा महिलाहरुले के सम्म गर्न सक्छन भन्ने कुराको पुष्टि गरेको छ । आफनो यौन इच्छा पुरा नगरेको र आफुले भनेको बेलामा आफुसँग सम्पर्क नगरेको भन्दै एक अधबैँशे महिलाले उनका पुर्बप्रेमीको लिंग काटेर हत्या मात्र गरिनन, उनको लिंग छिनालेर कुकुरलाई खुवाएकी छिन ।

लाहुरेकी श्रीमती ४५ बर्षीया ती महिलाले उनका पुर्बप्रेमी अटोरिक्सा चालकको यसरी निर्ममतापुर्बक हत्या गरिन की, जुन सुन्दा समेत आङ सिरिङग हुन्छ । एक साताअघि पानीमा डुबेको अवस्थामा एक ब्यक्तिको शव फेला पर्यो । जुन शव सडेगलेका कारण चिनिने अबस्थामा थिएन । प्रहरीले शव डिएनएका लागी धरान पठायो ।

केही दिनपछि मदिरा सेवन गरेका एक स्थानीय युवाले आफ्ना हितैसी मार्फत घटनाको पोल खोले र अनुसन्धानका लागी प्रहरीले ती युवा र महिलालाई नियन्त्रणमा लियो । प्रारम्भिक अनुसन्धानबाट खुल्यो की पोल खोल्ने युवा हालका महिलाका प्रेमी रहेछन । उनीहरु दुईजना मिलेर पुर्वप्रेमीको हत्या गरेका रहेछन ।

घटना बिवरण अनुसार मृतकसँग लामो समयदेखि सम्बन्धमा रहेकी ति महिलाले आफुले चाहेको बेला यौनसम्पर्क गर्न नपाएको झोँकमा नयाँ प्रेमी बनाएको र पछिल्लो समय पुरानो प्रेमी तगारो बनेपछि उनलाई सुनियोजित रुपमा बोलाएर मादक पदार्थ सेवन गरी खुकुरी प्रहार गरी हत्या गरिएको र उनको लिंग समेत काटेर कुकुरलाई खुवाएको खुल्न आएको छ ।

उनीहरुबारे अनुसन्धान जारी रहेका कारण उनीहरुको नाम भने प्रहरीले सार्बजनिक गरेको छैन । अनुसन्धानमा असर नपरोस भन्ने हेतुका साथ उनीहरुको नाम समेत गोप्य राखिएको छ । पुर्वेलीन्युजबाट ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्