सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

यो माओवादी भन्ने पार्टीले फेरि कीर्ते गरेछ

प्रधानन्यायाधीश सुशीला कार्र्कीिवरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा प्रयोग भएका सांसदहरुका हस्ताक्षर ‘कीर्ते’ भएको पाइएको छ । प्रधानन्यायाधीश कार्कीविरुद्ध आइतबार सत्तारुढ माओवादी केन्द्र र कांग्रेसका २५९ सांसदको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता भएको छ ।

महाअभियोग प्रस्तावको प्रस्तावक कांग्रेस नेता मीन विश्वकर्मा छन् भने समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत छन् । महाअभियोग प्रस्ताव दर्ताका लागि प्रयोग भएको केही हस्ताक्षर ‘र्कीर्ते’ भएको हस्ताक्षरकर्ताहरुले बताएका छन् । अधिवक्ता एवं कांग्रेस सांसद राधेश्याम अधिकारीले भने, ‘मैले महाअभियोग प्रस्तावमा हस्ताक्षर गरेको छैन ।’

तपाईको नाम त १४७ औं नम्बरमा छ र हस्ताक्षर पनि छ त ? भन्ने प्रश्नमा अधिकारीले भने, ‘त्यो हो भने कीर्ते हो, त्यसो हो भने म रिफ्यूज गर्छु ।’ महाअभियोग पत्रमा माओवादी सांसद शम्भुलाल श्रेष्ठको पनि हस्ताक्षर छ । तर, उनले पनि महाअभियोगबारे अनविज्ञता प्रकट गरे ।

सांसद श्रेष्ठलाई महाअभियोगपत्रमा तपाईको नाम र हस्ताक्षर ६२ औं नम्बर छ त ? भनेर सोधिएको प्रश्नमा श्रेष्ठले भने, ‘हो र ? यो माओवादी भन्ने पार्टीले फेरि कीर्ते गरेछ, मैले कहिल्यै हस्ताक्षर गरेको छैन ।’

श्रेष्ठले अघि भने–‘माओवादीले कीर्ते गर्ने चलन नै भएछ, विद्युतको ट्रान्सर्फमर दिने भनेर लोकमानकोमा सही धस्काए, आज पनि हस्ताक्षर दुरुपयोग गरेछन् ।’

महाअभियोग प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि नाम छ तर, उनको हस्ताक्षर छैन । कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको भने हस्ताक्षर नै छ ।

यस्तै पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता डा. रामशरण महतको पनि हस्ताक्षर छ । महामन्त्री शंशाक कोइराला र नेता डा. शेखर कोइरालाको पनि हस्ताक्षर छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS