म डराएकी छैन, सरकारले आरोपको पुष्टि गर्नुपर्छ
मलाई त केही फिल नै भएको छैन । ममाथि महाअभियोग लाग्दै छ भन्ने मलाई थाहा थियो । केही दिनयता माओवादी सांसद (रामनारायण) विडारीले मलाई पटक पटक फोन गरी कांग्रेसको दबाब आइरहेको छ । एक पटक भेट्नुपर्यो भनिरहनु भएको थियो । तर मैले भेट्न मानिन ।
विडारीलाई मैले महाअभियोग लगाउनुस् भनेको थिए । आनन्दमोहन (भट्टराई) लाई गरेजस्तै मलाई पनि गरेका हुन् । प्रधानमन्त्रीले आजै बिहान पनि दूत बनाएर बर्षमान पुनलाई मेरो निवासमा पठाउनुभएको रहेछ तर मैले भेटिन । मेरो श्रीमान सँग भेटेर उहाँ फर्किनुभयो ।
उहाँहरुले मलाई जे आरोप लगाएर महाअभियोग दर्ता गर्नुभएको छ, त्यो त उहाँहरुले पुष्टि गर्नुपर्छ । तर मैले न्याय प्रतिको निष्ठा र इमान्दारीतामा कहिल्यै सम्झौता गरेकी छैन । त्यसैले म यसबाट डराएकी छैन । म यो प्रस्तावको सामना गर्छु ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्