सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

प्रहरीले तयार पार्यो १३१ नयाँ गुण्डाहरुको सुची

स्थानीय तह निर्वाचनमा सुरक्षा चुनौती दिन सक्ने एक सय ३१ ‘गुन्डा’हरुको सूची बनाएर प्रहरीले उनीहरुमाथि निगरानी सुरु गरेको छ । महानगरीय प्रहरी कार्यालयले उपत्यकाका तीनै जिल्लामा गुन्डागर्दीमा संलग्नहरुको सूची नै पठाएर निगरानीमा राख्न निर्देशन दिएको हो ।

महानगरीय प्रहरी कार्यालयले महानगरीय अपराध शाखासहित काठमाडौं, ललितपुर र भक्तपुर परिसरलाई सूचीसहित बिहीबार परिपत्र गरेको हो । परिपत्रमा केही पुराना गुन्डा नाइकेहरुको भने नाम छैन ।

सूचीमा नयाँ गुन्डाहरु छन् । निर्वाचनमा उनीहरुले उम्मेदवार तथा मतदातालाई धाकधम्की दिन सक्ने भएकाले सबैलाई निगरानीमा राख्न थालिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीबाट प्राप्त सूचीअनुसार दावा लामा, विष्णु लामा, उमेश लामा (जोरपाटी), सूर्य लामा, खगेन्द्रकुमार राई, बुद्ध लामा, विकास लामा, मोहन लामा, शंकर श्रेष्ठ, विकास राई, दिनेश राई, दिनु लामा, सञ्जय लामा लगायत छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS